खरिदारमा खुल्यो आवेदन [सूचनासहित]

हिमाल प्रेस ३० फागुन २०८० ८:०० | Wednesday, March 13, 2024
खरिदारमा खुल्यो आवेदन [सूचनासहित]

काठमाडौँ- लोक सेवा आयोगले खरिदारमा आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ।

बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरहका पदमा आवेदन आह्वान गरेको हो ।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने आयोगले जानकारी दिएको छ। यही चैत २० सम्म दरखास्त दिन सकिनेछ। त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित: ३० फागुन २०८० ८:०० | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast