भृकुटीमण्डपमा सातौँ चरणको चेम्बर एक्स्पो सम्पन्न

हिमाल प्रेस २९ फागुन २०८० १७:३१ | Tuesday, March 12, 2024
भृकुटीमण्डपमा सातौँ चरणको चेम्बर एक्स्पो सम्पन्न

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको छ। फागुन २४ गतेदेखि २८ गतेसम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय वस्तुहरु प्रदर्शनीमा राखिएका थिए।

एक्स्पोको ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। आर्थिक सुस्तताका बीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए।

एक्स्पोमा स्वदेशमै उत्पादित कृषिजन्य वस्तुहरु, हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो।

एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल थिए। यसैगरी नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तानलगायतका व्यापारीसमेत सहभागी थिए।

एक्स्पोमार्फत स्थानीय उत्पादन प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाइ छ।

कठिन आर्थिक परिस्थितिका बीच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाइ छ। चेम्बरले प्रत्येक वर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ। अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तराष्ट्रिय बस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिएका छन्।

प्रकाशित: २९ फागुन २०८० १७:३१ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast