![आजको राशिफल](https://himalpress.com/wp-content/uploads/2024/02/mangalbarko-rashifal.jpg)
आज मिति २०८० फागुन २९ मंगलबार, फागुन शुक्ल पक्ष द्वित्तीया तिथि, तदनुसार २०२४ मार्च १२ को तपाईको राशिफल
मेष : साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।
वृष : प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। महत्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।
मिथुन : सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
कर्कट : बिना प्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।
सिंह : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कन्या : नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारसँग भेट हुनेछ।
तुला : सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।
वृश्चिक : साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।
धनु : शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ।
मकर : काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ।
कुम्भ : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।
मीन : काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुची बढ्नेछ।