५८ सदस्यीय राष्ट्रियसभामा गठबन्धनका पक्षमा ३९ सांसद

हिमाल प्रेस २८ फागुन २०८० १६:२८ | Monday, March 11, 2024
५८ सदस्यीय राष्ट्रियसभामा गठबन्धनका पक्षमा ३९ सांसद राष्ट्रियसभा अध्यक्षमा सोमबार उम्मेदवारी दर्ता गराएपछि माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्मा। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- राष्ट्रियसभामा सत्ता गठबन्धनका पक्षमा दुई तिहाई सांसद रहेका छन्। ५९ सदस्यीय राष्ट्रियसभामा एकजना मनोनीत हुन बाँकी छ। पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन्। एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाको ३ सांसद छन्। यसरी राष्ट्रियसभामा सत्ता गठबन्धनको उपाध्यक्षसहित ३९ सांसद छन्।

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक र राष्ट्रिय जनमोर्चा एक सदस्य छन्। वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्। राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन्। उनको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की आछामी छन्। समर्थकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल र एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद छन्।

कांग्रेसले युवराज शर्मालाई उमेदवार बनाएको छ। शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्द ढुंगाना र समर्थकमा किरणबाबु श्रेष्ठ छन्। साथै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंहले पनि शर्मालाई समर्थन गरेका छन्। राष्ट्रियसभाको चुनाव फागुन २९ गते हुँदैछ।

राष्ट्रियसभामा सात प्रदेशबाट प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल ८/८ जनाका दरले ५६ जना निर्वाचित हुने व्यवस्था छ। यसैगरी तीन जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान नेपालको संविधान धारा ८६ मा छ।

प्रकाशित: २८ फागुन २०८० १६:२८ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast