किन ‘रङ्गेली’ छोट्याएर प्रदर्शनमा ल्याइयो?

हिमाल प्रेस २८ फागुन २०८० ७:४० | Monday, March 11, 2024
किन ‘रङ्गेली’ छोट्याएर प्रदर्शनमा ल्याइयो?

काठमाडौँ- शुक्रबारबाट रिलिज भएको फिल्म ‘रङ्गेली’ अहिले छोट्टयाएर आजबाट प्रदर्शन गरिँदैछ। पुनः सम्पादन गरेर ‘रङ्गेली’को लम्बाई घटाइएको छ।

यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो  फिल्म आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ। निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै फिल्म लम्बाइ घटाइएको बताएका छन्। उनका अनुसार फिल्म २१ मिनेट घटाइएको छ।

‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिकामा छन्।

प्रकाशित: २८ फागुन २०८० ७:४० | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast