निम्सदाई आउटडोर परिधान बजारमा

हिमाल प्रेस २७ फागुन २०८० १५:०७ | Sunday, March 10, 2024
निम्सदाई आउटडोर परिधान बजारमा

काठमाडौँ- पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) ले आफ्नो पहिलो परिधान संग्रह सार्वजनिक गरेका छन्। यसमा केटु विन्टर वाटरप्रुुफ ज्याकेट एवं टाउजर्स, निम्सदाई बेसलेयर्स, एक्सपेड फ्लिस र प्रोजेक्ट पोसिबल डाउन ज्याकेट रहेका छन्।

वर्षभरि आरोहणमा रहने निम्सदाईको अनुुभवका आधारमा यो आउटडोर परिधान संग्रहको विकास गरिएको निम्सदाई बताए। उनले भने, ‘आरोहणका क्रममा परीक्षण भएकाले नयाँ परिधानले सुरक्षित एवं स्टाइलिस राख्नेछ।’ नयाँ परिधान संग्रह निम्सदाई स्टोरमा उपलब्ध छन्।

निर्मल पुुर्जा निम्सदाई फाउन्डेसनका संस्थापक हुन्। परोपकारी संस्था फाउन्डेसनले कोभिड महामारी, पाकिस्तानमा आएको बाढी र हालै नेपालमा आएको भूकम्पका बेला आपतकालीन सहायता उपलब्ध गराएको थियो। यस वर्ष फाउन्डेसनले सगरमाथाको ‘डेथ जोन’ बाट दशकौँ पुरानो फोहोर सफा गर्दैछ।

साथै फाउन्डेसनले एभरेस्ट सगरमाथा आधार शिविरमा ओहोरदोहोर गर्ने भरियाका लागि आवास उपलब्ध गराउन लोबुचेमा नयाँ पोर्टर्स लज पनि निर्माण गरिरहेको छ। सम्पूर्ण निम्सदाई ब्रान्डहरू (निम्सदाई स्टोर, एलिट एक्स्पोडिसन, स्काइडाइभ निम्सदाई, भविष्यका पुस्तकहरू र चलचित्रहरू, ब्रान्ड समर्थन आदिबाट प्राप्त रकमको पाँच प्रतिशत फाउन्डेसनका परियोजनाका लागि जाने गरेको छ।

प्रकाशित: २७ फागुन २०८० १५:०७ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast