फाइल तस्बिर
काठमाडौँ- सत्ता साझेदार दलको बैठक भोलि (बिहीबार) बालुवाटारमा बस्ने भएको छ। मन्त्रालय भागबन्डा टुंग्याउन बैठक बोलाइएको प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
आज (बुधबार) प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा छलफल भएको थियो। सो भेटवार्तामा बिहीबार सत्ता साझेदार दलहरूको बैठक बसेर मन्त्रालयको भागबन्डा टुंग्याउने सहमति भएको हो।
प्रकाशित: १३ पुष २०७९ १४:४८ | Wednesday, December 28, 2022
प्रतिक्रिया



