उमेश न्यौपानेले ल्याए ‘शिवपार्वती’

हिमाल प्रेस २१ फागुन २०८० १५:३१ | Monday, March 4, 2024
उमेश न्यौपानेले ल्याए ‘शिवपार्वती’

काठमाडौँ- उमेश न्यौपानेले लोकभजन शिवपार्वती ल्याएका छन्। शिवपार्वतीसँग सम्बन्धित भजनलाई उनले सोमबार भोजराज काफ्लेको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

फूलबारी म्युजिकको प्रस्तुति रहेको उक्त लोकभजनको लय/शब्द भोजराज काफ्लेको छ भने स्वर न्यौपानेको छ। भिडियोमा मोडलिङ न्यौपाने आफैँले गरेका छन्।

रमेश दर्लामीले छायांकन गरेको भिडियोको सम्पादन प्रदीप दाहालले गरेका हुन्। न्यौपानेले भने, ‘सनातन हिन्दुको पवित्र पर्व शिवरात्रिको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको भजन श्रोता/दर्शकले मन पराउने विश्वास गरेका छौँ।’ लोकगीतमा विशेष रुचि राख्ने न्यौपाने पुराणवाचनमा सक्रिय रहँदै आएका छन्।

प्रकाशित: २१ फागुन २०८० १५:३१ | Monday, March 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast