आगोले जलेर वृद्धको मृत्यु

हिमाल प्रेस १३ पुष २०७९ १२:०० | Wednesday, December 28, 2022
आगोले जलेर वृद्धको मृत्यु प्रतीकात्मक तस्बिर।

सप्तरी- सप्तरीमा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन्।

घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिएका छन्।

हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन्।

प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन्। यसैगरी दुई भैँसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए।

मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ।

प्रकाशित: १३ पुष २०७९ १२:०० | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast