रियलमीको मेमोरी च्याम्पियन सी५१ अब नयाँ भेरिएन्टमा

हिमाल प्रेस १७ फागुन २०८० १९:१५ | Thursday, February 29, 2024
रियलमीको मेमोरी च्याम्पियन सी५१ अब नयाँ भेरिएन्टमा

काठमाडौँ- रियलमीको रियलमी सी ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्ट बजारमा उपलब्ध भएको छ। आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सी५१ को मूल्य १४ हजार ४९९ रहेको छ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी स५१ ले ग्राहकहरुलाई फोटोग्राफीको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ। क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्ने कम्पनीले जनाएको छ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सी५१ उपलब्ध छ। ३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी५१ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ।

सी५१ मा ४ जीबी सम्मको डायनामिक र्‍यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ। १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरूलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

रियलमीको ४+६४ जीबी स्टोरेज भेरिएन्ट पनि १३ हजार ४९९ मा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १७ फागुन २०८० १९:१५ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast