‘उपहार’को चौथो गीत ‘कहिले बार बिर्सिन्छु’

हिमाल प्रेस १७ फागुन २०८० १५:२५ | Thursday, February 29, 2024
‘उपहार’को चौथो गीत ‘कहिले बार बिर्सिन्छु’

काठमाडौँ– फिल्म ‘उपहार’मा समावेश ‘कहिले बार बिर्सिन्छु’ बोलको चौथो गीत सार्वजनिक भएको छ। इन्दिरा अधिकारीको शब्द रहेको गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर छ।  संगीतकार अर्जुन पोखरेलको संगीत भरेकाे डान्सिङ गीतमा संजिव बराइलीले संगीत संयोजन छ।

गीतको भिडियोमा फिल्मका मुख्य तीन जोडी कलाकार रेखा थापा र मकुन भुसाल, पूजा शर्मा र समर्पण जंग कार्की, बेनिशा हमाल र तेज गिरिकोको दरदार नृत्य देख्न सकिन्छ।

यसअघि निर्माण टिमले ‘हारेको छैन’, ‘मुटुको चार आना’ र ‘वाह! वाह!! वाह!!!’ बोलको गीत सार्वजनिक गरिसकेको छ।

फागुन २५ देखि प्रदर्शन हुने फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन्। फिल्ममा अन्य कलाकार शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, सुष्मा कार्की, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्यायलगायत छन्।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्। फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ।

अर्जुन पोखरेल र बाबुल गिरिको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सास्वत श्रेष्ठको ब्याग्राउन्ड स्कोर तथा मित्र डि गुरुङको सम्पादन छ। रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता अभिनेत्री रेखा थापा हुन्।

प्रकाशित: १७ फागुन २०८० १५:२५ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast