ग्राहकलाई फेरि आकर्षित गर्दै भिभो भी३०

हिमाल प्रेस १७ फागुन २०८० १५:०५ | Thursday, February 29, 2024
ग्राहकलाई फेरि आकर्षित गर्दै भिभो भी३०

काठमाडौँ– भिभोले रिलिज गर्न लागेको भिभो भी३० ले ग्राउन्डब्रेकिङ टेक्नोलोजीको साथ प्रयोगकर्तालाई आकर्षित पार्ने भएको छ। यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता गरेको छ।

भिभोको स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राखिएको जनाएको छ। भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ।

यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो। भी३० ले ड्रप सिमुलेसन र चरम तापक्रम परीक्षणसहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ। साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिने कम्पनीको दाबी छ।

प्रकाशित: १७ फागुन २०८० १५:०५ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast