सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमाल प्रेस १६ फागुन २०८० ८:५६ | Wednesday, February 28, 2024
सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ- सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन पाइने छ।

पहिलो पटक बुक बिल्डिङमार्फत् सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको आइपीओमा मंगलबार साँझसम्म १० गुणा बढी आवेदन परिसकेको छ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत् सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

प्रकाशित: १६ फागुन २०८० ८:५६ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast