रेलमार्ग अध्ययनको लागि चिनियाँ टोली काठमाडौँमा

हिमाल प्रेस १२ पुष २०७९ २०:०४
6
SHARES
रेलमार्ग अध्ययनको लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ- ‘नेपाल–चीन क्रस बोर्डर रेलवे’ अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौँ आएको छ। चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको प्राविधिक टोली रेलमार्ग अध्ययनको लागि काठमाडौँ आएको हो।

टोलीले रेलमार्गको वास्तविक दूरी, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषयको अध्ययन गर्नेछ। ०७८ चैतमा काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। यसको सम्पूर्ण अध्ययन गर्ने जिम्मा चीन सरकारले नै लिएको छ।

यसअघिको प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौँसम्म रेलमार्गको दूरी ७२ किमी हुनेछ। यो रेलमार्गलाई चीन सरकारले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’को अभिन्न भागको रूपमा राखेको छ।

प्रकाशित: १२ पुष २०७९ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast