फोनपेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

हिमाल प्रेस १५ फागुन २०८० १७:२९ | Tuesday, February 27, 2024
फोनपेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

काठमाडौँ- फोनपे भुक्तानी नेटवर्कले देशभरका महिलाका लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ। अभियानले आर्थिक वृद्धि र समृद्धिका लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गर्ने फोनपेको भनाइ छ।

नबिल र सानिमा बैंकसँगको सहकार्यमा सुरु गरिएको अभियान फागुन २८ गतेसम्म चल्नेछ। अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपमार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्यूआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरी कम्तीमा तीनवटा कारोबार गर्नुपर्नेछ।

नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि बालाजी डायमन्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्। साथै सानिमा बैंक र नबिल बैंकका एक सय महिला प्रयोगकर्ताले एक हजार रुपैयाँको ग्यारेन्टी टपअप जित्नेछन्। फोनपेका चिफ स्ट्राटेजी अफिसर सुबोध शर्माले भने, ‘सक्षम नारी अन्य नियमित अभियानभन्दा फरक छ। यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो।’

प्रकाशित: १५ फागुन २०८० १७:२९ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast