लघुवित्त पीडितहरू संसद् भवन छिरेपछि…[तस्बिरहरू]

हिमाल प्रेस १४ फागुन २०८० १५:१६ | Monday, February 26, 2024
लघुवित्त पीडितहरू संसद् भवन छिरेपछि…[तस्बिरहरू]

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्रमा जुलुस निकाल्न र विरोध प्रदर्शन गर्न निषेध छ। संसद् भवन भएकाले पनि प्रशासनले निषेधित क्षेत्र तोकेको हो। जुलुस लिएर माइतीघरबाटै बानेश्वरतर्फ जानै पाइँदैन।

कोटेश्वरतिरबाट जुलुस अघि बढेमा तीनकुनेको पुल कट्न पाउँदैन। प्रहरीले रोक्छ। अगाडि नबढ्न माइकिङ गर्छ र उस्तै परे पानीको फोहोरा र लाठी नै प्रहार गर्न सक्छ।

सोमबार भने एउटा समूहले प्रहरीलाई छक्याएर संसद् भवन परिसरमा पुगेको छ। लघुवित्त पीडितको समूह संसद् भवन परिसरमा प्रवेश गरी नारा लगाउन थालेपछि सुरक्षाकर्मी नै आश्चर्यमा परेका थिए। पीडितहरू संसद् भवनभित्रै छिर्न खोजेपछि रोक्नका लागि मर्यादापालक नै खटिएका थिए।

लघुवित्त पीडितहरू लामो समयदेखि आन्दोलनमा छन्। आफ्नो माग सुनुवाइ नभएको भन्दै उनीहरूले सोमबार संसद् भवन परिसरम प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी ४९ जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

 

प्रकाशित: १४ फागुन २०८० १५:१६ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast