सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गर्ने र क्विन्टल गाँजा बोक्ने पक्राउ

हिमाल प्रेस ११ फागुन २०८० ६:५६ | Friday, February 23, 2024
सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गर्ने र क्विन्टल गाँजा बोक्ने पक्राउ

काठमाडौँ- सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो।

थापाले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरंग तस्बिर र भिडिओ निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोगंबुबाट पक्राउ गरिएको जनाइएको छ।

त्यसैगरी सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एकजना पक्राउ परेका छन्। नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला निजलाई पक्राउ गरिएको हो।

प्रकाशित: ११ फागुन २०८० ६:५६ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast