नेसनल लाइफ इन्स्योरेन्स ३७ औँ वर्षमा प्रवेश

हिमाल प्रेस १० फागुन २०८० २०:४७ | Thursday, February 22, 2024
नेसनल लाइफ इन्स्योरेन्स ३७ औँ वर्षमा प्रवेश

काठमाडौँ- नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आज (बिहीबार) ३६ औं वर्ष पूरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको हो।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरियो, जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता थियो।

देशभरमा ५३ वटा बाल र वृद्धाश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजनासमेत गरिएको छ। अपांगता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिए।

प्रकाशित: १० फागुन २०८० २०:४७ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast