डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

हिमाल प्रेस १२ पुष २०७९ १३:२८ | Tuesday, December 27, 2022
डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी)ठगबहादुर केसीलाई निलम्बन गर्न गृहमन्त्रालयमा सिफारिस गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसी संकास्पद गतिविधिमा संलग्न रहेको देखिएको र अनुसन्धानका लागि निलम्बन गर्न सिफारिस गरिएको प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए।

‘निलम्बनका लागि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा सिफारिस गरेको छ,’ राईले भने, ‘अब अनुसन्धानको कामहरू अघि बढ्छन्।’ प्रहरीले डीएसपीको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद गरेपछि शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानमै उनको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर कामकारबाही अघि बढाएको राईले बताए।

सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो।  गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा भएका केसी सोमबार रमाना लिएर जाने तयारीमा थिए।

प्रकाशित: १२ पुष २०७९ १३:२८ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast