काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ।
बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बैठक आह्वान गरिएको छ।
आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाएको पार्टीका प्रचारप्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बैठकमा केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा पनि छलफल हुने उनले बताए।
प्रकाशित: १० फागुन २०८० ७:२८ | Thursday, February 22, 2024
प्रतिक्रिया





