सिन्धुलीमा स्वास्थ्यचौकी बनाउन जापानले ९७ लाख अनुदान दिने

हिमाल प्रेस ९ फागुन २०८० २१:०२ | Wednesday, February 21, 2024
सिन्धुलीमा स्वास्थ्यचौकी बनाउन जापानले ९७ लाख अनुदान दिने

काठमाडौँ- सिन्धुलीमा स्वास्थ्यचौकी बनाउन जापान सरकारले सहयोग गर्ने भएको छ। नेपालस्थित जापानिज दूतावासका अनुसार स्वास्थ्यचौकी बनाउन ९७ लाख रुपैयाँ अनुदान दिने सम्झौता गरिएको हो।

बुधबार जापानिज राजदूत किकुता युताका र सहकार्य नेपाल सिन्धुली अध्यक्ष सिरमाला तामाङले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्। स्वास्थ्यचौकी गोलन्जर गाउँपालिका–१ मा बन्नेछ।

अहिले भइरहेको स्वास्थ्यचौकी ४० वर्षअघि निर्माण गरिएको हो, जुन भूकम्पको उच्च जोखिममा छ। साथै परीक्षण र उपचारका लागि एउटामात्रै कोठा रहेकाले नयाँ स्वास्थ्यचौकी बनाउन लागिएको हो।

स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने मेडिकल उपकरण, चिकित्सक, नर्स र अन्य कर्मचारी खर्चहरु गाउँपालिकाले बेहोर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ फागुन २०८० २१:०२ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast