‘डिग्री माइला’को टिजर: शिक्षक बन्न दयाहाङको अंग्रेजी परीक्षण

हिमाल प्रेस ९ फागुन २०८० १२:४६ | Wednesday, February 21, 2024
‘डिग्री माइला’को टिजर: शिक्षक बन्न दयाहाङको अंग्रेजी परीक्षण

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला‘को टिजर सार्वजनिक गरिएको छ। तीन मिनेट ३१ सेकेन्डको टिजरमा अंग्रेजीमा डिग्री पास गरेकाे अभिनेता दयाहाङ राईले  शिक्षक बन्न दिनुपरेकाे परीक्षालाई प्राथमिकता दिइएको छ।

थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गरिएको फिल्ममा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ। नाटक २०६९ साल फागुनमा पहिलोपटक मञ्चन गरिएको थियो। नाटकका लेखक सायद अशोक हुन्। नाटक दयाहाङले नै निर्देशन गरेका थिए।

फिल्ममा अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतकाे अभिनय छ। बाँसुरी फिल्मस्को ब्यानरमा बनेको फिल्मको ट्यागलाइन चर्चित नेपाली उखान ‘किन चाउरियो मरिच, आफ्नै रागले’ भन्ने राखिएको छ।

आगामी नेपाली नयाँ वर्षमा प्रदर्शन हुने फिल्म निमेष श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ तथा राइली एच सेनले छायांकन गरेका छन्।

प्रकाशित: ९ फागुन २०८० १२:४६ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast