जुम्लामा निर्वाचन टोली सवार जीप दुर्घटना, ६ जना घाइते

हिमाल प्रेस १ मंसिर २०७९ ५:२९ | Thursday, November 17, 2022
जुम्लामा निर्वाचन टोली सवार जीप दुर्घटना, ६ जना घाइते सांकेतिक तस्बिर।

जुम्ला– जुम्ला खलंगा देखि तातोपानी ८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ।

भे. १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप सडकदेखि २० मिटर तल खसेको छ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरि देवकोटा, सहायक मतदान अधिकृत आदी न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए।

अहिले घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी,डीएसपी नरेन्द्र चन्द सहितको टोली अस्पताल पुगेको छ।

प्रकाशित: १ मंसिर २०७९ ५:२९ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast