एमजीका ३० किलोवाट डीसी चार्जिङ स्टेसनमा मर्मतसम्भार

हिमाल प्रेस ७ फागुन २०८० ११:४५ | Monday, February 19, 2024
एमजीका ३० किलोवाट डीसी चार्जिङ स्टेसनमा मर्मतसम्भार

काठमाडौँ– एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि सेवा अवरुद्ध रहने जानकारी गराएको छ।

मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने कम्पनीले जनाएको छ। यस समयमा सबै ३० किलोवाट डीसी चार्जिङ स्टेसनहरू अस्थायी रूपमा उपलब्ध हुने छैनन्।

पारामाउन्ट मोटर्सले यस अवधिमा वैकल्पिक चार्जिङ स्टेसनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ।

 

प्रकाशित: ७ फागुन २०८० ११:४५ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast