कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न सकिने

हिमाल प्रेस ६ फागुन २०८० २०:४० | Sunday, February 18, 2024
कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न सकिने

काठमाडौँ- कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ।
उक्त मोड्युल सार्वजनिक भएसँगै बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनुपर्ने छैन। अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नका लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो।

उक्त प्रविधिलाई थप परिस्कृत बनाउँदै ग्राहकहरूले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सक्नेछन्।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेकाहरूले आफू अनुकूल विभिन्न प्रकारका खाता खोल्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

बैंकले अनलाइन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ। उक्त भिडियो बैंकको वेबसाइट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ।

बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटीएमबाट आफ्ना सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ६ फागुन २०८० २०:४० | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast