कांग्रेस सांसदले भने : स्काउटको संरचना प्रक्रियाअनुसार नै लिएको छु

हिमाल प्रेस ६ फागुन २०८० १३:४६ | Sunday, February 18, 2024
कांग्रेस सांसदले भने : स्काउटको संरचना प्रक्रियाअनुसार नै लिएको छु ऊर्जामन्त्री दीपक खड्का

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा व्यवसायी दीपक खड्काले आफूले प्रक्रिया पुर्‍याएर नै नेपाल स्काउटको संरचना भाडामा लिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै खड्काले आफूले २०६३ सालमा टेन्डर प्रक्रियामार्फत स्काउटको संरचना भाडामा लिएको बताएका हुन्।

‘विधिवत् ढंगले २०६३ सालमा टेन्डरमार्फत त्यहाँका भवनहरू भाडामा लिइएको हो,’ उनले भने, ‘१० वर्षपछि पुनः टेन्डरमार्फत त्यस भवनको प्रक्रिया पूरा गरेर भाडामा लिएको हो। चरित्र हत्या गर्ने काम नगरौँ।’

खड्काले स्काउटमा प्रमुख भएर २०७५ सालमा आएका लोकबहादुर भण्डारीका कारण विवाद बढेको र अहिले निरन्तरता पाइरहेको बताए। उनले आफूले सत्ताको बलमा भाडामा लिएको संरचना खोस्न खोजिएको बताए।  आफ्नो कुनै कमजोरी नभएको र अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै उनले कुनै दोष देखिएमा कारबाहीको भागीदार हुने बताए।

प्रकाशित: ६ फागुन २०८० १३:४६ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast