काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेदवार अन्तर्वार्ता आज हुँदैछ। उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो।
सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तर्वार्ता हुनेछ। जस अनुसार कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, विश्वबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको पहिलो चरणमा अन्तरवार्ता हुनेछ।
दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ।
विज्ञ र छनोट समितिको सदस्यसँगै बसेर अन्तर्वार्ता लिन लागेको हो। अन्तरवार्ताको समय २० मिनेट हुने समिति सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारी जानकारी दिए।