चितुवाको आक्रमणबाट युवक घाइते

हिमाल प्रेस ५ फागुन २०८० १०:३५ | Saturday, February 17, 2024
चितुवाको आक्रमणबाट युवक घाइते प्रतिनिधिमूलक तस्बिर

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्।

मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन्।

कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो।

आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ। उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए। गत वर्ष पुर्नबास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो।

प्रकाशित: ५ फागुन २०८० १०:३५ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast