मन्त्रिपरिषद् पहिलो बैठकको निर्णय : सरकार प्रवक्ताको जिम्मा रविलाई

हिमाल प्रेस ११ पुष २०७९ २०:३८ | Monday, December 26, 2022
मन्त्रिपरिषद् पहिलो बैठकको निर्णय : सरकार प्रवक्ताको जिम्मा रविलाई नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री लामिछाने सोमबार गृह मन्त्रालयस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै। तस्बिर- रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार (आज) साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइँदै आएकोमा अहिले भने सञ्चार क्षेत्रको पृष्ठभूमि भएका गृहमन्त्री लामिछानेलाई यो जिम्मेवारी दिइएको हो।

प्रकाशित: ११ पुष २०७९ २०:३८ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast