‘सक्किगोनी’टिमले ‘लाज शरणम्’ बनाउने

हिमाल प्रेस ३ फागुन २०८० १०:५७ | Thursday, February 15, 2024
‘सक्किगोनी’टिमले ‘लाज शरणम्’ बनाउने

काठमाडौँ- हाँस्य टेलिफिल्म ‘सक्किगोनी’टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ। सरस्वती पूजाको अवसरमा सक्किगोनी टिमले पहिलो फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा गरेको हो।

बुधबार बेलुका ‘सक्किगोनि’का सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै फिल्मबारे थप जानकारी दिएका हुन्।

कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को टिमले निर्देशन गर्ने यो फिल्म कमेडी जनरामा निर्माण हुनेछ।

२ करोड बजेट छुट्याइएको यो फिल्मलाई जेपीटी क्रिएसनले निर्माण गर्नेछ। चलचित्रका लागि कट्टेलसहित दीपक आचार्य, हरिश निरौला र गजित विष्टले मिलेर पटकथा लेखिरहेका छन्।

कथा र परिकल्पना कुमारको हो। चलचित्रले मुलुक र नागरिकले भोग्नुपरेको यथार्थ समस्यालाई चित्रण गर्नेछ।

आउँदो बर्षबाट छायांकन गरिने  फिल्ममा कुमार, अर्जुनका अलावा ‘सक्किगोनी’मा काम गरेका थुप्रै कलाकारहरूको अभिनय रहनेछ। फिल्म आउँदो वर्ष नै प्रदर्शन गरिनेछ।

प्रकाशित: ३ फागुन २०८० १०:५७ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast