सिंगटी हाइड्रोको हकप्रद सेयर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?

हिमाल प्रेस ३ फागुन २०८० ७:२४ | Thursday, February 15, 2024
सिंगटी हाइड्रोको हकप्रद सेयर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जीले आज (बुधबार)देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले १ अर्ब ४५ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

उक्त हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरेको छ। बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आवेदकले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित: ३ फागुन २०८० ७:२४ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast