पोखरामा सात किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ

हिमाल प्रेस १ फागुन २०८० १३:४८ | Tuesday, February 13, 2024
पोखरामा सात किलो सुन र ६ किलो चाँदीसहित सुरजित पक्राउ फाइल तस्बिर

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय कास्कीले ७ किलो भन्दा बढी सुन र ६ किलोभन्दा बढी चाँदीसहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक छन्। मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको कास्की प्रहरीले जानकारी दिएको छ।

त्यसैरी चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँसहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले संचालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ फागुन २०८० १३:४८ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast