१२० खेलाडीलाई हराउँदै २१ वर्षीय गौतम स्नोकर च्याम्पियन

हिमाल प्रेस २९ माघ २०८० १३:५३ | Monday, February 12, 2024
१२० खेलाडीलाई हराउँदै २१ वर्षीय गौतम स्नोकर च्याम्पियन

पोखरा- पोखरामा आयोजित खुला नेपाल स्नोकर प्रतियोगिताको उपाधि इटहरीका आयुष गौतमले जितेका छन्।

फाइनल स्कोर स्पोर्टस् बारमा भएको फाइनलमा काठमाडौंका वाङचु तामाङलाई ७-५ सेटमा पराजित गर्दै उनले उपाधिसहित १ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। उपविजेता तामाङले ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।

तामाङले भने १३२ को टेबल क्लियरेन्स गरी हाइस्ट ब्रेकसहित रेकर्ड कायम गरेको फाइनल स्कोर स्पोर्टस् बारका अध्यक्ष सोम बिकले बताए। उक्त रेकर्ड यसअघि काठमाडौंका राजन लामाको नाममा (११०) थियो।

२१ वर्षीय गौतम काठमाडौँको एसके कलेजमा स्नातक तेस्रो वर्षमा पढ्छन्। गत वर्ष काठमाडौंमै आयोजित राष्ट्रिय स्नोकर प्रतियोगितामा समेत उनी विजेता हुन्।

८ वर्षदेखि खेल क्षेत्रमा लागेका उनी एसियन च्याम्पियनसिप २०७९ र भारतमा भएको यू-१९ स्नोकरमा भाग लिएका थिए।

सेमिफाइनलिस्ट काठमाडौंका राजन लामा र रेगन श्रेष्ठलाई जनही २० हजार साथमा पुरस्कार दिइयो। गत १३ माघदेखि सञ्चालन भएकोे प्रतियोगितामा देशभरबाट १ सय २३ जना खेलाडीले भाग लिएका थिए।

प्रकाशित: २९ माघ २०८० १३:५३ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast