राष्ट्रियसभा
काठमाडौँ- संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।
बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९–८० पेस, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची छ।
प्रकाशित: २९ माघ २०८० १०:०१ | Monday, February 12, 2024
प्रतिक्रिया





