दुइपांग्रे सवारीसाधन लिलाम गर्दै भैरहवा भन्सार

हिमाल प्रेस २९ माघ २०८० ७:४७ | Monday, February 12, 2024
दुइपांग्रे सवारीसाधन लिलाम गर्दै भैरहवा भन्सार

काठमाडौँ- भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपांग्रे सवारीसाधन लिलाम बिक्री गर्ने भएको छ।

भन्सार नियमावली, २०६४ को निमय ३५ (१)बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपांग्रे सवारीसाधन लिलाम बिक्री गरिने भएको हो।

चोरी निकासीपैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका मोटरसाइकल र स्कुटर सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागिएको कार्यालयले जनाएको छ।

इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले २१ दिनभित्र लिलाम बिक्रीमा सहभागी हुन सक्नेछन्।

प्रकाशित: २९ माघ २०८० ७:४७ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast