शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

हिमाल प्रेस २८ माघ २०८० १२:१७ | Sunday, February 11, 2024
शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा- राष्ट्रिय मुक्तक पुरस्कार-२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन्।

मुक्तक मञ्च पोखराले शनिबार पोखरामा आयोजना गरेको समारोहमा उनलाई ३३ हजार ३३३ रुपैयाँसहित उक्त पुरस्कार अर्पण गरिएको हो।

वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायान’, साहित्यकार सरुभक्त लगायतले संयुक्त रूपमा पुरस्कार अर्पण गरे। पोखरेली साहित्यकार अल्पविरामले स्थापना गरेको उक्त पुरस्कार यसपालि साहित्यकार शेरचनलाई प्रदान गरिएको हो।

मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्‍याएकामा उनलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले बताए। शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यास लगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन्।

यसअघि सो पुरस्कार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशमशेर थापा लगायतलाई प्रदान गरिसकेको छ। पुरस्कार हरेक २ वर्षको अन्तरमा दिने गरिन्छ।

प्रकाशित: २८ माघ २०८० १२:१७ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast