काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुन तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
                            प्रकाशित: २६ माघ  २०८० ११:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

