पहाडमा हिमपात र तराईमा हुस्सुको सम्भावना, सतर्क रहन आग्रह

हिमाल प्रेस २५ माघ २०८० ७:०२
10
SHARES
पहाडमा हिमपात र तराईमा हुस्सुको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ।

तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुनेछ।

मौसम विभागले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: २५ माघ २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast