विद्यालय शिक्षा अन्त्यन्तै नाजुक अवस्थामा : गगन थापा

हिमाल प्रेस २४ माघ २०८० ११:५५
4
SHARES
विद्यालय शिक्षा अन्त्यन्तै नाजुक अवस्थामा : गगन थापा नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले विद्यालय शिक्षा अन्त्यन्तै नाजुक अवस्था पुगेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार  बोल्दै थापाले कक्षा ३ मा पढ्ने विद्यार्थीले गणित, विज्ञान र अंग्रेजी पनि नजान्दा अबको शिक्षा स्थिति कता जाँदैन भनेर प्रश्न गरेका छन्।

‘हाम्रो विद्यालय शिक्षा कस्तो अवस्थामा छ? अबको बच्चा प्रविधिमा पोख्त हुनुपर्ने हो। तर यस्तो छ अवस्था’, उनले भने। थापाले अब विद्यालय अनुकूल विधेयक बनाउनुपर्ने बताएका छन्। उनले अबका विद्यार्थी विदेश पढ्न नजाने गरी विधेयक ल्याउनुपर्ने बताए। ‘मौका पाएका बेला त्रिवि सुधार गरौँ। यो मौका हो’, उनले भने। थापाले राजनीतिक खेलबाट बाहिर आएर शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने बताए। उनले भने, ‘यसमा राजनीति नगरौँ। विधेयकमा काम गरौँ।’

महामन्त्री थापाले उनले त्रिभुवन विश्वविद्यालय सुधार गर्न यो मौका भएको बताएका छन्। उनले त्रिविमा राजनीतिक खेल छाडेर शैक्षिक सुधारमा लाग्नपर्नेमा जोड दिए। उनले सुशासनमा प्रत्याभूति दिनुपर्ने बताए।

‘दलभित्रको होस् वा बाहिरको। शक्तिशाली भए पनि गलत काम गर्छ भने दण्ड हुनुपर्छ’, थापाले भने,’राजनीतिक शक्ति होस् वा आर्थिक क्षेत्रको होस् गलत काम गरेपछि सजाय हुनुपर्छ।’ उनले प्रधानमन्त्रीले निर्देशन मात्र दिएर नभई गुणात्मक सुधार ल्याउनुपर्ने सुनाए। ‘हामी यसबेला सरकारले गरेका सानासाना कुराले नागरिक खुसी देख्न चाहन्छौँ’, उनले भने, ‘यहाँ असम्भव कुरा छैन। मन्त्री वा प्रधानमन्त्री चाहँदा मात्र पनि काम हुन्छ।’

प्रकाशित: २४ माघ २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast