काठमाडौँ- मौसम बदली र वर्षाका कारण एक/दुई दिनयता उक्लिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम फेरि ओरालो लाग्न थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री सेल्लियसमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला न्यूनतम तापक्रम अरू थोरै घट्न सक्छ।
सोमबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो।
विभागका अनुसार हिजोअस्ति मौसम बदली र वर्षाका कारण आकाशमा बादल थियो, त्यसकारण न्यूनतम तापक्रम उकालो लागेको थियो भने गएराति छिटपुट बादल भए पनि करिब आकाश सफा रहेकाले आज बिहान न्यूनतम तापक्रम घटेको हो। आज पनि पानी पर्ने सम्भावना कम छ।
प्रकाशित: २३ माघ २०८० ७:०६
प्रतिक्रिया