संसद्‌मा बाधा अड्काउ फुकाऊ आदेश पेस

हिमाल प्रेस २२ माघ २०८० १९:१०
18
SHARES
संसद्‌मा बाधा अड्काउ फुकाऊ आदेश पेस फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे।

उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्नेलगायत व्यवस्था समावेश छन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस गरे।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित: २२ माघ २०८० १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast