२१औँ वर्षमा सिद्धार्थ बैंक

हिमाल प्रेस ११ पुष २०७९ १३:३७ | Monday, December 26, 2022
२१औँ वर्षमा सिद्धार्थ बैंक

काठमाडौँ- १७औँ वाणिज्य बैंकको रूपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंक लिमिटेडले २०औँ वर्ष पूरा गरेको छ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न प्रकारका छुट योजनासमेत सार्वजनिक गरेको छ। जसअन्तर्गत ग्राहकले कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट दिने बैंकले जनाएको छ।

स्थापनाको अवसरमा बैंकले आफ्नो नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन पनि गरेको छ। नक्सालस्थित केन्द्रीय कार्यालयको उद्घाटन बैंकका संस्थापक अध्यक्ष चिरञ्जिवीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्तरूपमा गरेका हुन्।

बैंकले स्थापनाको अवसरमा १५ वर्षभन्दा बढी लगातार सेवा गरेका कर्मचारीलाई सम्मानसमेत गरेको छ।

प्रकाशित: ११ पुष २०७९ १३:३७ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast