एमाले धादिङ अधिवेशनमा विवाद, कुटाकुटमा उत्रिए कार्यकर्ता

हिमाल प्रेस २१ माघ २०८० ११:०४
28
SHARES
एमाले धादिङ अधिवेशनमा विवाद, कुटाकुटमा उत्रिए कार्यकर्ता

काठमाडौँ- नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद भएको छ। माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो। अधिवेशनको बन्द सत्रमा कार्यकर्ताबीच कुटाकुट र भिडन्त भएको छ।

बागमती प्रदेश अध्यक्षले सार्वजनिक विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको घोषणा गरेका छन्। उनका अनुसार कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषको हात नै भाँच्चिएको छ। यता जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने अधिवेशन स्थगित नभएको बताएका छन्।

प्रदेश अध्यक्षको विज्ञप्ति लगत्तै त्रिपाठीले अर्को विज्ञप्ति जारी गर्दै केही व्यक्तिले स्थगित भनी भ्रम फैलाएको उल्लेख गरेका छन्।

उनले भनेका छन्,‘बन्दसत्र सन्चालन भइरहेको अवस्थामा केही उनाधिकृत व्यक्तिले थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले बन्दसत्रको कार्यक्रम निरन्तर चलिरहेको बताएका छन्। .

अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन्।

प्रकाशित: २१ माघ २०८० ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast