क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइन जुवा, एक करोड रूपैयाँ बरामद

हिमाल प्रेस १९ माघ २०८० २१:०१
36
SHARES
क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइन जुवा, एक करोड रूपैयाँ बरामद अनलाइन जुवा खेलाउने ठाउँ।

काठमाडौँ– नेपाल प्रहरीले अनलाइनमार्फत जुवातास खेलाउने तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत जुवा खेलाउने र विदेशी मुद्रा कारोबार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारत पञ्जावका ३२ वर्षीय रिसव पावा, भारतको सिद्धार्थ पोष्टमौका ५२ वर्षीय गुलाव सिंह र भारत विकासपुरीका ३९ वर्षीय गौरव सिंह छन्।

परिसरका सूचना अधिकारी एव प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले नेपालको कानुनले बन्देज गरेको अवैध जुवा र नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत विदेशी तथा स्वदेशी मुद्राको वित्तीय कारोबार गर्ने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरण, तास, कागजात, ठूलो मात्रामा स्वदेशी तथा विदेशी मुद्रा बरामदसमेत गरेको छ। उनीहरूसँग प्रहरीले १ करोड ९ लाख ४४५ बरामद गरेको छ। तीन थान ल्यापटप, सात थान कम्युटर बरामद गरेको छ।

पक्राउ परेका तीनैजनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

प्रकाशित: १९ माघ २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast