
काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। भोलि शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठक संसद्को ल्होत्से हलमा बस्ने सांसद रामहरी खतिवडाले जानकारी दिए। संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि कांग्रेसले आफ्ना सांसदसँग छलफल गर्न लागेको हो। माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ।
प्रकाशित: १८ माघ २०८० १८:५४
प्रतिक्रिया