यात्रुको पैसा चोरेको आरोपमा वायुसेवा निगमका लोडर पक्राउ

हिमाल प्रेस १८ माघ २०८० १८:४७
18
SHARES
यात्रुको पैसा चोरेको आरोपमा वायुसेवा निगमका लोडर पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई आज (बिहीबार) पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

याङहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सीसीटीभी अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शंकास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले उक्त थाई भाट चोरी गरेको खुलेको हो। उनको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ।

सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित: १८ माघ २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast