नेपाल टि२० लिग : काठमाडौँ नाइट्स ९८ रनमै सीमित

हिमाल प्रेस ११ पुष २०७९ १०:४३ | Monday, December 26, 2022
नेपाल टि२० लिग : काठमाडौँ नाइट्स ९८ रनमै सीमित

काठमाडौँ- नेपाल टि२० लिगमा काठमाडौँ नाइट्सले फारवेस्ट युनाइटेडलाई ९९ रनको लक्ष्य दिएको छ। सोमबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँले नौ विकटेको क्षतिमा ९८ रन जोड्यो।

काठमाडौँलाई एक सय रनभन्दा कममा समेट्न फारवेस्टका उमैर अलीले उत्कृष्ट बलिङ गरे। संयुक्त अरब इमिरेट्स (यूएई) का उमैरले १५ रन खर्चिएर तीन विकेट लिए। त्यसैगरी भुवन कार्की र हस्मतुल्लाह सहिदीले दुई–दुई विकेट लिए। किफायती बलिङ गरेका यी दुईले क्रमशः ११ र १५ रन खर्च गरे।

लगातार दोस्रो जित हासिल गर्ने लक्ष्यमा रहेको काठमाडौँका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाएका थिए। ३७ बल सामना गरेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। उनीबाहेक जम्मा दुई ब्याट्समयानले मात्र काठमाडौँका लागि दोहोरो अंकको स्कोर गर्नसके। कप्तान ज्ञानेन्द्र मल्ले १३ र ओपनर सन्तोष कार्कीले १२ रन जोडे।

प्रकाशित: ११ पुष २०७९ १०:४३ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast