प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् बनाउने, दौरासुरुवालमा ठाँटिएर शपथ लिने

हिमाल प्रेस ११ पुष २०७९ १०:०७ | Monday, December 26, 2022
प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् बनाउने, दौरासुरुवालमा ठाँटिएर शपथ लिने

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

खुमलटार स्रोतका अनुसार प्रचण्डले शपथ लिँदा दौरा सुरुवाल लगाउनेछन्। प्रायः कोट पाइन्टमा देखिने प्रचण्डले शपथ लिँदा भने राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाउने भएका हुन्।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ आज हुनेछ।

सोमबार प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि आजै शपथ लिनेछन्।

प्रचण्डले अहिले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन्। एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका एक–एक जनालाई लिएर सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी प्रचण्डले गरेको माओवादीका एक नेताले बताए।

प्रकाशित: ११ पुष २०७९ १०:०७ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast