भारतीय मालवाहक गाडीलाई नेपालमा २४ घण्टाको मात्रै समयावधि दिन नाडाको माग

हिमाल प्रेस १७ माघ २०८० २०:०८ | Wednesday, January 31, 2024
भारतीय मालवाहक गाडीलाई नेपालमा २४ घण्टाको मात्रै समयावधि दिन नाडाको माग

काठमाडौँ- नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सीमा क्षेत्रलाई व्यवस्थित गर्नेबारे छलफल गरेको छ।

छलफलमा अध्यक्ष चौधरीले नेपालमा मालवाहक भारतीय ट्रक निर्वाधरूपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाले नेपालको मालवाहक सवारीसाधनहरूको व्यवसायमा असर परेको बताए। उनले भारतीय मालवाहक सवारीसाधनहरूलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्थाका लागि गृहमन्त्रीसँग आग्रह गरे।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपाल–भारतबीच खुला सिमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रूपमा लुब्रिकेण्टस, टायर तथा अटोमोबाइल स्पेयर पाट्र्सको आयात हुदै आएको बताए। यसले नेपालका लुब्रिकेण्टस र टायरटयुब उद्योगहरूलाई गम्भीर असर परिरहेको बताए। उनले नेपालको सीमा क्षेत्रमा कडाइका साथै व्यवस्थित पनि गर्नुपर्ने बताए। यसो गर्न सके देशले गुमाइरहेको ठूलो राजस्व पनि प्राप्त हुने भएकोले यसतर्फ आवश्यक पहलका लागि अनुरोध गरे।

छलफलमा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधिलाई ७२ घण्टा पुर्‍याइएको र सीमा नाकामा भइरहेको समस्याहरूबारे चासो राखेका थिए। उनले यस्ता समस्याहरूको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने पनि बताए।

छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।

प्रकाशित: १७ माघ २०८० २०:०८ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast