ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण : सभामुख घिमिरे

हिमाल प्रेस १७ माघ २०८० १७:११ | Wednesday, January 31, 2024
ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण : सभामुख घिमिरे सभामुख देवराज घिमिरे।

झापा- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्त्वपूर्ण हुने बताएका छन्।

बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उनले समाज निर्माणका लागि महत्त्वपूर्ण हुने बताए।

‘ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ’, उनले भने। सो अवसरमा उनले बिर्तामोड–७ स्थित शहीद नेत्र स्मृतिपार्कको विकासका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाए। हात्ती प्रभावित उक्त क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

प्रकाशित: १७ माघ २०८० १७:११ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast